मैले 2013/05/23 तारिख को बिहान 02:09 बजेको समयमा फेसबुकमा र मेरो ब्लग www.janakdangol.blogspot.com मा ‘क.प्रचण्ड चुनाव चाहदैनन’ भनेर सानो लेख राखेको थिए ! मेरो फेस्बुके मित्र पूर्ण Purna Suhang ज्यु ले “सम्माननिय मित्र जनक ज्यु “अबको चुनावमा पनि ६०१ को नै प्रतिनिधित्व हुनुपर्छ भन्ने माग र दावी लोपनमुख कुसुण्डा देखि आदिवासी जनजाती हुदै समाजमा कथित सनातनको ईसाहरामा अपमानित दलित समुदायले सम्म गरिरहेको बेला यस्ले पुग्ने असरहरु के+के होला ?
आफुलाई पत्रप्रषितकर र बिशलेषकको रुपमा बुझ्ने तपाई जस्ता बिद्धवान मानिसले ति कुसुण्डा देखि दलीत सम्मको उत्पिडन आवाजलाई सुन्न नभ्याउनु भएको हो वा सुन्न नचाहनु भएको हो ?
के बिरोध लागी बिरोध मात्रलाई राजनिती बुझिदिने ?
फेरि यसो भन्दा माओवादी भन्नु होला प्रचण्ड देख्ने बित्तीकै बान्ता आउछ तर सकारत्मक पक्षलाई स्वीकार गर्न सक्नु चै परिवर्तनशिल समवादी हुनु हो है” भनेर प्रश्न राख्नु भएको रैछ !
















